बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ
काठमाण्डू । प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा बाँकेका दीपेन्द्र शाही रहेका छन् । उनलाई काठमाण्डू महानगरपालिका–१० स्थित बुद्धनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रका आधारमा शाहीलाई पक्राउ गरिएको परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार शाहीविरुद्ध रु एक करोड ५० लाख बिगो रकम कायम गरिएको बैंकिङ कसुर मुद्दा रहेको छ ।
पक्राउ परेका शाहीलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको जिल्ला प्रहरी परिसर काठमाण्डूले जनाएको छ । रासस
प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३ ०८:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
