- नेप्से ८.२३ अंक बढेर २६३४.१७ विन्दुमा बन्द ।
- लगातार छैटौँ कारोबार दिन पनि बजारमा वृद्धि ।
- कारोबार रकम बढेर ४ अर्ब ८८ करोड रुपैयाँ नाघ्यो ।
रे समाचार/काठमाडौँ । दशैँअघिको अन्तिम कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ । पछिल्ला छ कारोबार दिनदेखि बढिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
नेप्से परिसूचक आज ८.२३ अंक बढेर २६३४.१७ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ७१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ८८ करोड ८९ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आज चिरख्वा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १४.८२ प्रतिशतले बढेको छ । बेनी हाइड्रोपावर प्रोजेक्टको शेयरमूल्य करिब साढे १२ प्रतिशत र शुभम् पावरको शेयरमूल्य साढे ८ प्रतिशतले वृद्धि भएको छ । यता, हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ४.९८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको २० करोड ४९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । त्यस्तै, ग्रीन भेन्चर्सको कारोबार रकम साढे १७ करोड रुपैयाँ नाघेको छ ।
आज कारोबार भएका १३ उपसमूहमध्ये आठ उपसमूहको परिसूचक बढेको छ भने पाँच उपसमूहको परिसूचक घटेको छ ।
