RayNewsDaily
जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ   

बागलुङ ।  नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका दागस्थित थानापति सामुदायिक वनमा तीन थान भरुवा बन्दुक फेला पारेको     
    
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार प्रहरी टोलीले शुक्रबार अपराह्न उक्त जङ्गलबाट एकनाले तीन थान भरुवा बन्दुक फेला पारेको हो     
    
यसैगरी, बुर्तिबाङबाट लागुऔषध बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा ढोरपाटन नगरपालिका बुर्तिबाङ रिभरहेडस्थित मीना होटल एण्ड रेष्टुरेन्टमा छापा मारेर होटल सञ्चालक म्याग्दीको धौलागिरि गाउँपालिका लुलाङकी रामकुमारी थापालाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो     
    
प्रहरीले एक हजार ५०० ग्राम गाँजा ३८० ग्राम चरेस बरामद गरेको सूचना अधिकारी त्वातीले बताउनुभयो जिल्ला अदालतबाट अभियुक्तलाई पाँच दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको जनाइएको   रासस  

 

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update