RayNewsDaily
नेप्से १७.१५ अङ्कले बढ्यो, कारोबार पौने पाँच अर्बमाथि
  • नेप्से २,५९१.८० विन्दुमा ।
  • ४ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार ।
  • १८० कम्पनीको शेयर मूल्य बढ्दा ८९ वटाको घट्यो ।

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १७.१५ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक बढेर २,५९१.८० विन्दुमा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८० अङ्कले बढेर ४६५.८५ विन्दुमा पुगेको छ । फ्लोट सूचक १.४२ अङ्कले बढेर १७९.१० विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक १.५० अङ्कले बढेर १५७.४६ विन्दुमा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड २९ लाख पाँच हजार ९४२ कित्ता शेयर चार अर्ब ८३ करोड ७७ लाख २३ हजार ७६ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

आज कारोबार भएका १३ वटै उपसमूह बढेका छन् । कुल १८० कम्पनीको शेयर मूल्य बढ्दा ८९ कम्पनीको घटेको छ । त्यस्तै, १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कुथेली बुखरी स्मल हाइड्रोपावर, सिन्धु विकास बैंक र सोलु हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

त्यस्तै, रिर्ज लाइन इनर्जी कम्पनी, आइसिएफसी फाइनान्स डिबेञ्चर र प्राइम डिबेञ्चरलगायतका लगानीकर्ताले गुमाएका छन् । रासस

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  १६:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update