RayNewsDaily
इन्द्रजात्रादेखि हनुमानढोका दरबार क्षेत्रका मन्दिरमा रात्रिकालीन बत्ती बालिने    

काठमाडौँ । यस वर्षको इन्द्रजात्रादेखि हनुमानढोका दरबार क्षेत्रका प्रत्येक मन्दिरमा रात्रिकालीन बत्ती बाली भिलिमिली बनाइँदैछ । रात्रीकालीन बत्ती बाल्ने क्रम जैसीदेवलबाट सुरु गरिएको काठमाडौँ महानगरपालिका, हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ ।     
     
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३२ वटा मन्दिरमा बत्ती जडान गरिसकिएको कार्यक्रमका लेखा अधिकृत सुन्दरकाजी थुयाजूले राससलाई जानकारी दिनुभयो । नमूनाका रूपमा जैसीदेवलमा पाँच महिना अघिदेखि रात्रिकालीन बत्ती बाल्न सुरु भइसकेको उहाँले बताउनुभयो ।     
     
बत्तीको तार भूमिगत बनाउन भने पुरातत्व विभागले स्वीकृति नदिएको हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ । इन्द्रजात्राका लागि वसन्तपुर दरबार क्षेत्रमा रङ्रोगन र साजसजावट सुरु भएको छ । यस वर्षको इन्द्रजात्रा असोज ९ गते परेको छ । रासस
 

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update