RayNewsDaily
सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता
  • रुबियोद्वारा भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति समवेदना ।
  • लामिछानेद्वारा खोजी, उद्धार र राहतमा पार्टीको अधिकतम प्रयास भइरहेको जानकारी ।
  • नेपाललाई थप सहयोग उपलब्ध गराउन अमेरिका तयार ।

रे समाचार/काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबीच आज टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्दै नेपाली जनता तथा सरकारप्रति ऐक्यबद्धता जनाउनुभएको रास्वपाले जनाएको छ ।

सभापति लामिछानेले नेपाल सरकारको जारी खोजी, उद्धार तथा राहत वितरणका काममा पार्टीका तर्फबाट अधिकतम प्रयास भइरहेको बताउनुभयो । उहाँले बाढीबाट प्रभावित विदेशी नागरिकको सुरक्षा तथा संरक्षणका लागि नेपाल प्रतिबद्ध रहेको विश्वाससमेत विदेशमन्त्री रुबियोलाई दिलाउनुभयो ।

सभापति लामिछानेले कठिन समयमा अमेरिकी सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो । विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताउनुभएको रास्वपाले जनाएको छ । 

 

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update