RayNewsDaily
तादी नदीमा बेलीब्रिज जडान जारी    

नुवाकोट । नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान सुरु भएको छ । नेपाली सेनाले शनिबारदेखि जडान सुरु गरेको हो ।     
     
रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधबार बिहान भीषण बाढीले नदीमा रहेको पक्को पुल बगाएको थियो । पुल जडान भएपछि देवीघाट बजार र जिलिङ जोडिनेछन् । बाढीका कारण भोटेकोशी र त्रिशूली नदीका सबैगरी करिब १०० बटामा क्षति पुगेको थियो । रासस   
 

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update