RayNewsDaily
लामो तैनाथीपछि अमेरिकी विमानवाहक लिङ्कन घर फर्कंदै   

बाटम । मध्यपूर्वमा लामो तैनाथी पूरा गरी घर फर्किरहेको अमेरिकी विमानवाहक युएसएस अब्राहम लिङ्कन आइतबार बिहान सिङ्गापुर जलमार्गहुँदै अघि बढेको छ । उक्त युद्धपोत बन्दरगाह भ्रमणका लागि थाइल्यान्डमा रोकिने अपेक्षा गरिएको छ ।    
अमेरिकी नौसेनाका ठूला युद्धपोतमध्ये एक लिङ्कनलेइरानविरुद्धको अमेरिकी सैन्य अभियानलाई समर्थन गर्दै आएको थियो । यसको पछिल्लो तैनाथीमा लगातार २५० दिनभन्दा बढी समुद्रमा बिताएको रेकर्ड बनेको थियो ।    
    
लामो समयको तैनाथीका क्रममा चालक दलका सदस्यहरूको मानसिक स्वास्थ्यमा असर परेको तथा खाना र सरसफाइका सामग्रीलगायत आवश्यक आपूर्तिको अभाव भएको रिपोर्ट सार्वजनिक भएपछि लिङ्कनको तैनाथीबारे चिन्ता व्यक्त गरिएको थियो ।    
    
थाई अधिकारीहरूका अनुसार लिङ्कन अमेरिकी सैन्य आधारमा फर्कनुअघि चालक दलका सदस्यलाई आराम तथा स्वास्थ्यलाभको अवसर दिन थाइल्यान्डमा रोकिनेछ । एपी   

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  ०८:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update