RayNewsDaily
उत्तरी फिलिपिन्समा दुई सैन्य विमान दुर्घटना, चार पाइलटको मृत्यु
  • प्रशिक्षण उडानका क्रममा दुई एसएफ-२६० विमान दुर्घटनाग्रस्त ।
  • बाताङ्गास प्रान्तको लिपा सहरस्थित हवाई आधारनजिक दुर्घटना ।
  • दुर्घटनाको कारण पत्ता लगाउन एसएफ-२६० विमानको उडान स्थगित ।

मनिला । उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा एसएफ-२६० विमान दुर्घटनाग्रस्त हुँदा फिलिपिन्स वायुसेनाका चार पाइलटको मृत्यु भएको छ । वायुसेनाले शनिबार दुर्घटनाबारे पुष्टि गरेको हो ।

वायुसेनाका अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित फर्नान्डो हवाई आधारभित्र ती विमान दुर्घटनामा परेका थिए ।

phili-1792854005.jpg
दुर्घटनाको कारण पत्ता लगाउन वायुसेनाले आफ्ना सबै एसएफ-२६० विमानको उडान तत्कालका लागि स्थगित गरेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । एसएफ-२६० हल्का विमान हो । फिलिपिन्स वायुसेनाले यसलाई पाइलटलाई प्रशिक्षण दिन प्रयोग गर्दै आएको छ ।

यसअघि गत मे २० मा पनि उत्तरी फिलिपिन्सकै बेन्गुएट प्रान्तमा एसएफ–२६० विमान दुर्घटनाग्रस्त हुँदा दुई पाइलटको मृत्यु भएको थियो । सिन्ह्वा

प्रकाशित मिति: शनिबार, कात्तिक ७, २०८३  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update