RayNewsDaily
बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा   

काठमाण्डू । रसुवास्थित भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको बैङ्कको सेफ (पैसा तथा कागजात राख्ने सुरक्षित फलामे बाकस) फोड्ने २९ जना पक्राउ परेका छन्  बाढीसँगै बगेर त्रिशूलीमा आएको सेफ फुटाउने २९ जनालाई सशस्त्र प्रहरी बल नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो     
    
 निजहरूको साथबाट रु ९२ लाख ६८ हजार ५०५ समेत बरामद भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलैन्द्र थापाले जानकारी दिनुभयो यसबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो  रासस   

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update