RayNewsDaily
विभिन्न जिल्लाबाट लागुऔषधसहित २७ जना पक्राउ
एआई निर्मित चित्र ।
  • १२ जिल्लाबाट लागुऔषधसहित २७ जना पक्राउ ।
  • खैरो हेरोइन, नियन्त्रित औषधि र नगद बरामद ।
  • पक्राउ परेकामाथि थप अनुसन्धान जारी ।

काठमाडौँ । प्रहरीले लागुऔषधसहित देशका विभिन्न जिल्लाबाट २७ जनालाई पक्राउ गरेको छ । काठमाडौँसहित १२ जिल्लामा सञ्चालन गरिएको कारबाहीका क्रममा लागुऔषध, नगद र अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अनुसार काठमाडौँ, नवलपरासी (पूर्व), सिन्धुली, सुनसरी, झापा, कास्की, भक्तपुर, मोरङ, तनहुँ, बझाङ, बाँके र चितवनबाट उनीहरू पक्राउ परेका हुन् ।

काठमाडौँ महानगरपालिका-१६ बाट नियन्त्रित लागुऔषध डाइजेपाम, बुप्रेनोर्फिन, प्रमोथाजाइन र रु दुई लाख २६ हजार ८५० नगदसहित एक महिलालाई पक्राउ गरिएको छ । कास्कीको पोखराबाट करिब १४५ ग्राम खैरो हेरोइनजस्तो पदार्थ र डिजिटल तराजुसहित एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसैगरी नवलपरासी (पूर्व), सिन्धुली, सुनसरी, झापा, मोरङ, तनहुँ, बझाङ, बाँके र चितवनका विभिन्न स्थानबाट पनि खैरो हेरोइन तथा नियन्त्रित लागुऔषधसहित अन्य व्यक्तिहरू पक्राउ परेका छन् ।

प्रहरीले बरामद लागुऔषध तथा पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update