RayNewsDaily
विमानस्थलबाट सुनसहित एकजना पक्राउ       

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले राससलाई जानकारी दिनुभयो ।    
    
उहाँका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौँ आएका धामीले टिभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको उक्त सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो । उक्त विषयमा आवश्यक अनुसन्धान सुरु भएको डा पाण्डेले बताउनुभयो । रासस

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update