RayNewsDaily
मधेसका नेतासँग प्रधानमन्त्री शाहको छलफल
  • मधेसका जिल्लाको तनावबारे केन्द्रित छलफल ।
  • विभिन्न दलका शीर्ष नेता सहभागी ।
  • समाधानका उपायबारे साझा धारणा खोजिँदै ।

रे समाचार/काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेतासँग छलफल सुरु गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सुनसरीलगायत मधेसका केही जिल्लामा विकसित पछिल्लो अवस्थाबारे छलफल भएको छ ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार बैठकमा तनाव समाधानका उपाय र राजनीतिक सहमतिबारे विचारविमर्श भएको छ ।

छलफलमा डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, रामके शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी र जयकान्त राउतलगायत मधेसका नेताहरू सहभागी हुनुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update