RayNewsDaily
भ्रामक पोस्ट नगर्न पर्सा प्रशासनको आग्रह
  • अफवाह फैलाउने सामग्री पोस्ट नगर्न अपिल ।
  • अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह ।
  • कानुन हातमा लिए कारबाही हुने चेतावनी ।

रे समाचार/वीरगञ्ज । पर्सा प्रशासनले सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने, उत्तेजना बढाउने तथा शान्ति सुरक्षामा असर पर्ने भ्रामक समाचार, फोटो र भिडियो पोस्ट, लाइक, कमेन्ट वा सेयर नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

Birgunj-night-1785480437.jpgरात्रिकालिन वीरगन्ज बजार ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न अनुरोध गर्दै आवश्यकता नपरी घरबाहिर ननिस्कन र जुलुसमा सहभागी नहुन पनि आग्रह गर्नुभएको छ ।

उहाँले भावनामा बगेर कानुन हातमा लिने, सार्वजनिक सम्पत्तिमा तोडफोड गर्ने वा सामाजिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधि दण्डनीय हुने भएकाले त्यस्ता कार्य नगर्न सबैलाई अपिल गर्नुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update