- नेप्से १६.२९ अंक घटेर २,६७२.५८ विन्दुमा कायम ।
- कारोबार रकम घटेर ३ अर्ब ३८ करोड रुपैयाँमा सीमित ।
- एभरेस्ट कलर १५ प्रतिशतले बढ्दा कालिञ्चोक हाइड्रोपावर १५ प्रतिशतले घट्यो ।
रे समाचार/काठमाडौं । शेयर बजार यो साताको लगातार चौथो कारोबार दिन पनि घटेको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १६.२९ अंक घटेर २,६७२.५८ विन्दुमा कायम भएको हो । आज कारोबार रकम पनि घटेको छ ।
हिजो ४ अर्ब २ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज ३ अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज ५९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०६ कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । कारोबार भएका सबै समूहगत परिसूचक घटेका छन् ।
कारोबारका क्रममा एभरेस्ट कलर लिमिटेड को शेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता १,१३८ रुपैयाँ ६० पैसामा पुगेको छ । त्यसपछि सेन्ट्रल फाइनान्स लिमिटेड, शुभम् पावर लिमिटेड र तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयर मूल्यमा पनि वृद्धि भएको छ ।
यता कालिञ्चोक हाइड्रोपावर लिमिटेड को शेयर मूल्य १५ प्रतिशतले घटेको छ । त्यसपछि कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड र रिजलाइन इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड को शेयर मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ । कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसपछि कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, रिडी पावर कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड र सेन्ट्रल फाइनान्स लिमिटेड धेरै कारोबार हुने कम्पनीमा परेका छन् ।
