RayNewsDaily
शेयर बजारमा गिरावट, नेप्से २६०३ विन्दुमा

 

  • नेप्से ९.६२ अंक घटेर २६०३.७१ विन्दुमा ।
  • कारोबार रकम घटेर ४ अर्ब ६५ करोडमा सीमित ।
  • १३ उपसमूहमध्ये दुईको परिसूचक बढ्यो, ११ घटे ।

रे समाचार/काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचकमा आज पनि गिरावट आएको छ । नेप्से परिसूचक आज ९.६२ अंक घटेर २६०३.७१ विन्दुमा झरेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज ४ अर्ब ६५ करोड ४८ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइसीएफसी लिमिटेड डिबेञ्चरको मूल्य आज सर्वाधिक ९.१८ प्रतिशतले बढेको छ । यसैगरी, सयपत्री हाइड्रोपावरको मूल्य ६ प्रतिशत तथा नेपाल एसबिआई बैंक डिबेञ्चरको मूल्य ६ प्रतिशतले बढेको छ ।

सिटिजन्स सुपर ३० म्युच्युअल फन्डको शेयरमूल्य भने आज सर्वाधिक ५.४४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज पनि हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २२ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, शिवम् सिमेन्ट्सको १७ करोड ५० लाख रुपैयाँभन्दा बढी तथा सिद्धार्थ बैंकको १६ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update