व्यवसायी अग्रवाल र भट्टलाई आठौँ पटक म्याद थप
काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरु सुलभ अग्रवाल र दीपक भट्टलाई आठौँ पटक थप गरेको छ ।
न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आज थप तीन/तीन दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
सम्पत्ति शुद्धीकरण विभागले भट्ट र अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष सरकारी वकिल कार्यालमा प्रतिवेदन बुझाइसकेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बिमासम्बन्धी कसुर र धितोपत्र ऐनसम्बन्धी कसुरमा छुट्टाछुट्टै प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालमा बुझाइसकेको छ । सीआइबीले बैंकिङ कसुरमा अनुसन्धान गरिरहेको छ । रासस
प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३ २०:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
