RayNewsDaily
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन   

काठमाण्डू ।  बितेका २४ घण्टामा दुई हजार ४४५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् यसबाट राज्यकोषमा रु २२ लाख ७६ हजार ५१७ राजस्व दाखिला भएको     
    
 काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२८, नियमविपरीतराइड सेयरिङगरेका १६०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४१ तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो     
    
 यसैगरी, ‘लेनअनुशासन पालना नगर्ने ४३, निषेधित क्षेत्रमा हर्न बजाउने १२३, सडक पेटीमा सवारीसाधनपार्किङगर्ने १४, एकतर्फी सडकमा सवारी चलाउने १६६ अन्य सवारी नियम पालना नगरेका एक हजार ४८७ जनालाई कारबाही गरिएको हो  रासस   

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update