RayNewsDaily
तोलामा रु दुई सयले घट्यो सुनको मूल्य    

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु २०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु तीन लाख १० हजार १०० मा खरिद-बिक्री भएको छापावाला सुनको मूल्य आजका लागि भने रु तीन लाख १० हजार ९०० निर्धारण भएको छ ।     
     
भन्सार दरमा १० प्रतिशत थप भएपछि आइतबार सुन तोलामा रु २० हजार ५०० ले वृद्धि भएको थियो ।     
     
यस्तै, चाँदीको मोल तोलामा रु १० ले बढेको छ । आइतबार प्रतितोला रु पाँच हजार ३४५ मा खरिद बिक्री भएको चाँदी आजका लागि भने रु पाँच हजार ३५५ तय भएको छ । रासस

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update