RayNewsDaily
बजेट ठूलो होइन, जिडिपीको तुलनामा सानो हो : अर्थमन्त्री वाग्ले    

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्वाकांक्षी नभएको बताउनुभएको छ । आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बजेटको आकार सानो नभएको बताउनुभयो ।     
     
“विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक त्यस्तो अवस्था छैन, बजेट महत्वकांक्षी छैन, बान्छित सीमाभित्रै बजेट आएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार आगामी आवको बजेट प्रत्क्षेपित जिडिपीको सापेक्षतामा २८ दशमलव पाँच प्रतिशत मात्रै हो ।     
     
अर्थमन्त्री डा. वाग्लेले आफू सन् २०१४ देखि नेपालको बजेट निर्माणमा संलग्न भएको उल्लेख गर्दै सन् २०१५ को भूकम्पपछि बजेटको आकार बढ्न थालेको बताउनुभयो । “भूकम्प अगाडि हाम्रो बजेटको आकार जिडिपीको तुलनामा औसतमा २५ देखि २९ प्रतिशत र वास्तविक खर्च २२ देखि २५ प्रतिशत हुन्थ्यो”, उहाँले भन्नुभयो, “भूकम्पपछि भने बजेटको आकार बढ्यो, कुनै वर्ष जिडिपीको तुलनामा बजेटको आकार ३७ प्रतिशतसम्म पुगेको थियो ।”  रासस

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update