RayNewsDaily
शेयर बजार २७ अंकले वृद्धि

रे समाचार/काठमाडौं । शेयर बजार आज वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २७.८५ अंक बढेर २७८६.३५ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । गत शुक्रबार ४ अर्ब ४९ करोड ८५ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.०१ प्रतिशतले बढेको छ । यसैगरी, सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशतले बढेको छ भने अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र माया खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ५ प्रतिशतले वृद्धि भएको छ । बुंगल हाइड्रोको शेयरमूल्य भने आज सर्वाधिक १०.३२ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६० करोड २० लाख १४ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, रिडी पावर कम्पनीको ३० करोड १७ लाख ५७ हजार रुपैयाँको शेयर कारोबार भएको छ भने अपि पावर कम्पनीको कारोबार रकम १८ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एउटा उपसमूहको परिसूचक घटेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update