RayNewsDaily
तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य   

 काठमाण्डू । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार ९०० ले बढेको छ ।    
    
 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु दुई लाख ९० हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९२ हजार ८०० तय भएको छ ।    
    
 यसैगरी, चाँदीको मूल्य तोलामा रु १४० ले बढेको छ । आइतबार प्रतितोला रु पाँच हजार १० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु पाँच हजार १५० निर्धारण भएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update