काठमाण्डू । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ६३ पैसा र बिक्रीदर १५४ रुपियाँ २३ पैसा कायम गरिएको छ ।
यसैगरी, युरोपियन युरो एकको खरिददर १७८ रुपियाँ ४१ पैसा र बिक्रीदर १७९ रुपियाँ ११ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०६ रुपियाँ ४४ पैसा र बिक्रीदर २०७ रुपियाँ २५ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९५ रुपियाँ ०७ पैसा र बिक्रीदर १९५ रुपियाँ ८४ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपियाँ ६२ पैसा तथा बिक्रीदर ११० रुपियाँ ०५ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर १११ रुपियाँ ६१ पैसा र बिक्रीदर ११२ रुपियाँ ०५ पैसा तोकिएको छ । सिङ्गापुर डलर एकको खरिददर १२० रुपियाँ ०८ पैसा र बिक्रीदर १२० रुपियाँ ५५ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ६६ पैसा र बिक्रीदर नौ रुपियाँ ७० पैसा निर्धारण गरिएको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५९ पैसा र बिक्रीदर २२ रुपियाँ ६८ पैसा रहेको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ९४ पैसा र बिक्रीदर ४१ रुपियाँ १० पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ४२ रुपियाँ १५ पैसा र बिक्रीदर ४२ रुपियाँ ३१ पैसा कायम गरिएको छ ।
थाई भाट एकको खरिददर चार रुपियाँ ७० पैसा र बिक्रीदर चार रुपियाँ ७२ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ४१ रुपियाँ ८३ पैसा तथा बिक्रीदर ४१ रुपियाँ ९९ पैसा निर्धारण गरिएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपियाँ ७७ पैसा र बिक्रीदर ३८ रुपियाँ ९२ पैसा कायम गरिएको छ ।
त्यसैगरी, दक्षिण कोरियाली वन एक सयको खरिददर १० रुपियाँ १९ पैसा र बिक्रीदर १० रुपियाँ २३ पैसा रहेको छ । स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ४२ पैसा र बिक्रीदर १६ रुपियाँ ४९ पैसा तोकिएको छ । डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ८७ पैसा र बिक्रीदर २३ रुपियाँ ९७ पैसा कायम गरिएको छ ।
हङकङ डलर एकको खरिददर १९ रुपियाँ ६१ पैसा र बिक्रीदर १९ रुपियाँ ६९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ५०० रुपियाँ ७५ पैसा तथा बिक्रीदर ५०२ रुपियाँ ७१ पैसा निर्धारण गरिएको छ भने बहराइन दिनार एकको खरिददर ४०७ रुपियाँ ४० पैसा र बिक्रीदर ४०८ रुपियाँ ९९ पैसा कायम गरिएको छ । ओमानी रियाल एकको खरिददर ३९९ रुपियाँ ०३ पैसा र बिक्रीदर ४०० रुपियाँ ५९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस
