RayNewsDaily
शेयर बजारमा गिरावट

रे समाचार/काठमाडौं । शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १२.३६ अंक घटेर २७४२.११ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने सामान्य वृद्धि भएको छ । हिजो ३ अर्ब ८२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज मूल्य बढेका स्टकहरुको मूल्य वृद्धिदर ७ प्रतिशतभन्दा कम रहेको छ । मूल्य बढेका १० शीर्ष कम्पनीहरुमध्ये ६ वटा ऋणपत्र रहेका छन् । आज बुंगल हाइड्रोको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भउको छ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक १४.९५ प्रतिशतले घटेको छ भने झापा इनर्जीको शेयरमूल्यमा ८ प्रतिशतभन्दा बढीको गिरावट आएको छ । 

कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १७ करोड ७२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, रिडी पावर कम्पनीको १५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने बुंगल हाइड्रोको कारोबार रकम साढे १३ करोड रुपैयाँ नाघेको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update