काठमाण्डू । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपियाँ ६२ पैसा र बिक्रीदर १५५ रुपियाँ २२ पैसा कायम गरिएको छ ।
यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपियाँ ३१ पैसा र बिक्रीदर १८० रुपियाँ ०१ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०७ रुपियाँ १४ पैसा र बिक्रीदर २०७ रुपियाँ ९४ पैसा निर्धारण गरिएको छ ।
स्वीस फ्र्याङ्क एकको खरिददर १९५ रुपियाँ ६२ पैसा र बिक्रीदर १९६ रुपियाँ ३८ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपियाँ १६ पैसा तथा बिक्रीदर ११० रुपियाँ ५९ पैसा कायम गरिएको छ ।
क्यानेडियन डलर एकको खरिददर ११२ रुपियाँ ३२ पैसा र बिक्रीदर ११२ रुपियाँ ७६ पैसा तोकिएको छ । सिङ्गापुर डलर एकको खरिददर १२० रुपियाँ ७४ पैसा र बिक्रीदर १२१ रुपियाँ २१ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ७२ पैसा र बिक्रीदर नौ रुपियाँ ७६ पैसा निर्धारण गरिएको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ७३ पैसा र बिक्रीदर २२ रुपियाँ ८२ पैसा रहेको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपियाँ २० पैसा र बिक्रीदर ४१ रुपियाँ ३६ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ४२ रुपियाँ ४२ पैसा र बिक्रीदर ४२ रुपियाँ ५८ पैसा कायम गरिएको छ ।
थाई भाट एकको खरिददर चार रुपियाँ ७३ पैसा र बिक्रीदर चार रुपियाँ ७५ पैसा रहेको छ । यूएई दिराम एकको खरिददर ४२ रुपियाँ १० पैसा तथा बिक्रीदर ४२ रुपियाँ २६ पैसा निर्धारण गरिएको छ।
मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपियाँ ९५ पैसा र बिक्रीदर ३९ रुपियाँ १० पैसा कायम गरिएको छ । दक्षिण कोरियाली वन एक सयको खरिददर १० रुपियाँ २७ पैसा र बिक्रीदर १० रुपियाँ ३१ पैसा रहेको छ ।
स्विडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ४६ पैसा र बिक्रीदर १६ रुपियाँ ५२ पैसा तोकिएको छ । डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ९९ पैसा र बिक्रीदर २४ रुपियाँ ०९ पैसा कायम गरिएको छ ।
हङकङ डलर एकको खरिददर १९ रुपियाँ ७४ पैसा र बिक्रीदर १९ रुपियाँ ८१ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ५०३ रुपियाँ ९८ पैसा तथा बिक्रीदर ५०५ रुपियाँ ९३ पैसा निर्धारण गरिएको छ भने बहराइन दिनार एकको खरिददर ४१० रुपियाँ ०५ पैसा र बिक्रीदर ४११ रुपियाँ ६४ पैसा कायम गरिएको छ । ओमानी रियाल एकको खरिददर ४०१ रुपियाँ ६१ पैसा र बिक्रीदर ४०३ रुपियाँ १६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस
