रे समाचार/काठमाडौं । पछिल्ला दुई कारोबार दिन सामान्य गिरावट आएको शेयर बजारमा आज उल्लेख्य सुधार भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३०.०८ अंक बढेर २७५४.४८ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब ८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य ७३ रुपैयाँ २० पैसा बढेर ५६१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको हो । यसैगरी, माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य करिब १२ प्रतिशतले वृद्धि भएको छ भने बुंगल हाइड्रोको शेयरमूल्य साढे ७ प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने आज सर्वाधिक १३.२६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज कर्पाेरेट डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको १८ करोड ३५ लाख १३ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, आँखु खोला जलविद्युत् कम्पनीको करिब १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने अपि पावरको कारोबार रकम ११ करोड रुपैयाँ नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ ।
