RayNewsDaily
चीन पर्यटन दिवश तथा चाइना सदर्न एयरलाइन्स प्रशंसा कार्यक्रम सफलतापूर्वक सम्पन्न

काठमाडौँ । २०२६ को चीन पर्यटन दिवश तथा चाइना सदर्न एयरलाइन्स प्रशंसा कार्यक्रम” यही मे १९ मा सफलतापूर्वक सम्पन्न भएको छ ।  कार्यक्रम चाइना टुरिजम डे मनाउने तथा नेपाल-चीनबीच पर्यटन, सांस्कृतिक आदान-प्रदान र मित्रवत सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको थियो । चाइना सदर्न एयरलाइन्ससँगको सहकार्यमा आयोजना गरिएको  कार्यक्रममा पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न साझेदार, ट्राभल एजेन्सीलाई सम्मान पनि गरिएको थियो । 

CHI09939-1779259997.jpg

DSC04166-1779259999.jpg


चाइना टुरिजम डे हरेक वर्ष मे १९ मा चीनका महान यात्री तथा भूगोलविद् शु श्याखको सम्मानमा मनाइन्छ । यात्री शु श्याखले चीनका पहाड, नदी तथा विभिन्न भूभागहरूको यात्रा गर्दै आफ्ना अनुभवहरू “द ट्राभल्स अफ शु श्याख” नामक पुस्तकमा अभिलेख गर्नुभएको सम्झनामा सन् २०११ देखि चीनमा मे १९ लाई चीन पर्यटन दिवशको रुपमा मनाइदै आइने गरिएको छ । शु श्याख यात्राहरूले जिज्ञासा, निरन्तरता, खोज तथा प्रत्यक्ष अनुभवमार्फत संसार बुझ्ने भावनाको प्रतिनिधित्व गर्ने विश्वास गरिन्छ । उहाँले २१ ओटा चिनियाँ प्रदेशको यात्रा गर्नुभएको र त्यसलाई आफ्नो किताबमा पनि उद्दृत गर्नुभएको छ । चाइना टुरिजम डेले पर्यटनसँगै सांस्कृतिक समझदारी, जनस्तरको सम्बन्ध तथा विश्वव्यापी मित्रतालाई पनि प्रवद्र्धन गर्दै आएको छ ।

CHI00002-1779259590.jpg
 

चीन सांस्कृतिक केन्द्र नेपालका कार्यक्रम व्यवस्थापक चाव फंग चे फानसेले यस कार्यक्रमले चीनको पर्यटन तथा सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने, नेपाल-चीन पर्यटन सहकार्यलाई मजबुत बनाउने, पर्यटन क्षेत्रका साझेदार तथा सहयोगीहरूप्रति सम्मान व्यक्त गर्ने, चाइना सदर्न एयरलाइन्समार्फत हवाई सम्पर्क र यात्रालाई प्रवद्र्धन गर्ने उदेश्य लिएको जानकारी दिनुभयो । सहित कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा कार्यक्रम व्यवस्थापक चाव फंग चेले चीनका विविध पर्यटन गन्तव्य, सांस्कृतिक सम्पदा, आधुनिक शहर, चीनको आधुनिकिरण, प्राकृतिक सौन्दर्य तथा यात्रा अवसर बारे प्रस्तुति दिनुभएको थियो । 

CHI09992-1779259599.JPG

CHI00010-1779259590.JPG


कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधिहरूले चाइना टुरिजम डेको महत्व तथा नेपाल-चीन पर्यटन सहकार्यबारे मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै, चाइना सदर्न एयरलाइन्सद्वारा प्रदान गरिने सेवा तथा यात्रा सुविधाबारे पनि जानकारी दिइएको थियो । चाइना सदर्न एयरलाइन्सले पछिल्लो समय नेपालमा आफ्नो सुविधालाई बढेत्तरी गरेको छ । 

CHI09970-1779259598.JPG
 

चाइना सदर्न एयरलाइन्सले सन् २०२३ मा ४ सय ९४ उडान गरेको थियो भने जसबाट ५३ हजार ९ सय ६३ सेवाग्राही लाभान्वित भएका थिए भने सन् २०२४ मा ५ सय ९० उडानबाट ९७ हजार २ सय २०, स्न २०२५ मा १ हजार ८८ उडान मार्फत् १ लाख २० हजार ७ सय ४९ जनाले सेवा लिएका थिए भने सन् २०२६ मा १ हजार ४ सय ४८ उडान हुने अपेक्षा गरिएको र यसबाट १ लाख ५६ हजार ९ सय ७३ जना यात्रुले सेवा लिने आंकलक गरिएको छ । यसले नेपाल चीनको पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने विश्वास गरिएको छ । 

CHI09973-1779259599.JPG
 

यस्तै कार्यक्रममा नेपालका तर्फबाट पनि पर्यटन प्रचार प्रस्तुति गन्तव्य नेपाल प्रस्तुत गरिएको थियो । नेपाल पर्यटन बोर्डका कार्यवाहक प्रमुख सुनिल शर्माले प्रस्तुति दिनुभएको थियो । 

CHI00018-1779259592.jpg


कार्यक्रममा चाइना सदर्न एयरलाइन्सको उत्कृष्ट १० नेपाली एजेन्टलाई तथा विभिन्न सहयोगी संस्थाहरूलाई सम्मान तथा धन्यवाद व्यक्त गरिएको थियो ।

CHI00030-1779259593.jpg
 

कार्यक्रमले नेपाल चीन पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने विश्वास आयोजकहरु छ । नेपाल र चीनबीच पर्यटक, सांस्कृतिक आदानप्रदानको सेतुको रुपमा काम गरेको चीन सांस्कृतिक केन्द्र नेपालले आगामी भविष्यमा पनि आफ्नो कार्यहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने चीन सांस्कृतिक केन्द्र नेपालका कार्यक्रम व्यवस्थापक चाव फंग चे फानसे स्पष्ट पार्नुभएको थियो । 

DSC04104-1779259998.jpg
 

२०२६ चाइना टुरिज्म डे संयुक्त प्रवद्र्धन तथा चाइना सदर्न एयरलाइन्स धन्यवाद कार्यक्रमले नेपाल र चीनबीचको पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने कार्यक्रममा सहभागी सबैको धारणा रहेको थियो । कार्यक्रममा सहभागी करेन्ट मिडिया एण्ड रिर्सच सेन्टरका प्रबन्ध निर्देशक किरण गौतमले  नेपाल-चीनबीच धेरै पर्यटकिय सम्भावनाहरु रहेपनि नेपाली पक्षमा तत्परको कमिका कारण नेपालमा चिनियाँ पर्यटन भित्त्राउन कठिनाइ भएको बताउनुभयो । 

यस्तै, नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिशचन्द्र शाहले चीनको पर्यटक निकै परिपक्व भइसकेको जनाउँदै नेपालले चीनको पर्यटन विकासबाट धेरै कुरा सिक्न आवश्यक रहेको बताउनुभयो । चीनको पर्यटन विकासको मुख्य आधार पूर्वाधार विकास भएको भन्दै उहाँले नेपालले आफ्नो पुर्वाधार विकास विशेषतः बाटो निर्माण निकै ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमले यात्रा, खोज, सांस्कृतिक आदान-प्रदान तथा मित्रताको भावनालाई प्रवद्र्धन गर्नुका साथै सहभागीहरूबीच सकारात्मक संवाद र सहकार्यको वातावरण सिर्जना गरेको थियो । 


 

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update