RayNewsDaily
वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ    

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।     
     
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले यहाँका चार वटा क्यासिनोमा प्रवेश गरी जुवातास खेलिरहेको विशेष सूचनाको आधारमा शनिबार पाँच भारतीय नागरिक र एक जना नेपाली नागरिकलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।     
पक्राउ पर्नेमा पाँच जना भारतको विहार राज्यका गणेश कुमार, सन्दीप कुमार, सुरज प्रसाद, अल्लाह यादव, ओमप्रकाश यादव र वीरगञ्ज महानगरपालिका-३२ का जमुदिन मियाँ अन्सारी रहेका छन् ।     

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको संयुक्त टोलीले किङ्स क्यासिनो, फर्चुन सिटि गेमिङ क्लब र क्यासिनो माजोङबाट उनीहरू नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताउनुभयो ।     
     
पक्राउ परेकाहरूका साथबाट केही रकम र दुई वटा मोबाइलसमेत बरामद गरिएको छ । रासस

प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update