RayNewsDaily
शेयर बजार २७ अंकले वृद्धि

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २७.४९ अंकले बढेर २७४५.६५ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो २ अर्ब ९३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब २८ करोड ६८ लाख ७० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज त्रिशूली जलविद्युत् कम्पनीको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । यसैगरी, होटल फरेष्ट इण्डको शेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ भने सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक ६.५४ प्रतिशतले घटेको छ । 

Capture-1778234386.JPG
कारोबार रकमका आधारमा आज होटल फरेष्ट इन शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १३ करोड ८६ लाख ९४ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एउटाको परिसूचक स्थिर रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update