RayNewsDaily
अध्यक्ष नेपाल न्युजिल्याण्ड प्रस्थान

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज न्युजिल्याण्ड प्रस्थान गर्नुभएको छ ।    
    
न्युजिल्याण्डको अकल्याण्ड सहरमा सोमबार हुन लागेको ‘७०औँ माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ मा सहभागी हुन उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । तेञ्जिङनोर्गे शेर्पा र एडमिन हिलारीले पहिलो पटक सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेका अवसरमा सोमबार न्युजिल्याण्ड आयोजना गरिने सभालाई अध्यक्ष नेपालले विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्नुहुने जनाइएको छ ।    
    
उहाँले न्युजिल्याण्ड सरकारका प्रतिनिधिसँग दुई देशीय हितका पक्षमा छलफल गर्नुहुनेछ । करिब एक साताको भ्रमणका क्रममा अध्यक्ष नेपाल अष्ट्रेलियाको सिड्नीमा गैरआवासीय नेपाली सङ्घ तथा प्रवासी नेपाली एकता मञ्चले गर्ने कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । दुवै मुलुकको भ्रमणका क्रममा उहाँले विभिन्न नेतागण, त्यहाँस्थित नेपाली समुदाय, पार्टी निकट प्रवासी नेपाली एकता मञ्चका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्नुहुनेछ ।    
    
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका विभिन्न तहका नेताले बिदाइ गर्नुभएको थियो ।    

 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update