RayNewsDaily
शेयर बजारमा सामान्य वृद्धि

रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ३ अर्ब १९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज २ अर्ब ९३ करोड १९ लाख ६८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १२.१९ प्रतिशतले बढेको छ । मूल्य बढेका अन्य स्टकहरुको वृद्धिदर भने साढे ४ प्रतिशतभन्दा कम रहेको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १३.२४ प्रतिशतले घटेको छ । यसैगरी, अप्पर लोहोरे खोला जलविद्युत् कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ । 

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १७ करोड ६८ लाख ३३ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, रिलायन्स स्पिनिङ्ग मिल्सको करिब साढे १४ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ८ उपसमूहको परिसूचक बढेको छ भने ५ वटा उपसमूहको परिसूचक घटेको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update