बैंकिङ कसुर मुद्दाका फरार कन्दङवा पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा फरार रहेका तेह्रथुमको फिदिम नगरपालिका-४ की ५८ वर्षीया सलिजा कन्दङवालाई पक्राउ गरेको छ ।
दीपक विश्वकर्माको जाहेरीका आधारमा चेक अनादर मुद्दामा फरार कन्दङवालाई काठमाडौँ महानगरपालिका-३१ भीमसेनगोलाबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “निजको चेक अनादर मुद्दामा जम्मा बिगो रकम रु ४० लाख रहेको र निजलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, फिदिम, पाँचथर पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो । रासस
प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३ १६:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
