RayNewsDaily
शेयर बजारमा सामान्य गिरावट

रे समाचार/काठमाडौं । शेयर बजारमा आज सामान्य गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १.६४ अंक घटेर २७११.२२ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ३ अर्ब ४३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १३.७४ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ भने एनआईसी एशियन ग्रोथ फण्डको इकाईमूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य भने आज सर्वाधिक ८.९० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २२ करोड ११ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, रिलायन्स स्पिनिङ्ग मिल्सको १६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावरको करिब १५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ । १३ वटा उपसमूहमध्ये आज ८ वटा उपसमूहको परिसूचक बढेको छ भने ५ वटा उपसमूहको परिसूचक घटेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update