रे समाचार/काठमाडौं । पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्से आज भने सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसूचक आज ८.७८ अंक बढेर २७१२.८६ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ४ अर्ब २६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ११.१६ प्रतिशतले बढेको छ । यसैगरी, सोलु हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतले बढेको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक ९.३१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २३ करोड ५७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम साढे ११ करोड रुपैयाँ नाघेको छ । १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ ।
