RayNewsDaily
शेयर बजारमा आज पनि गिरावट

रे समाचार/काठमाडौं । शेयर बजारमा आज पनि गिरावट आएको छ । पछिल्लो समय शेयर बजारले निरन्तर ओरालो गतिलाई निरन्तरता दिएको हो । शेयर बजार मापक नेप्से परिसूचक आज २५.८१ अंक घटेर २७४४.४५ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकममा समेत गिरावट भएको छ । हिजो ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ९५ करोड ४६ लाख ३ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । 

आज करोबारमा आएका स्टकहरुमध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक बढेको छ । सो बैंकको शेयरमूल्य १३.८१ प्रतिशतले बढेर कारोबार भएको हो । नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई मूल्य ३.८७ प्रतिशतले बढेर खरिदबिक्री भएको छ । केविएल डिवेञ्चरको मूल्य भने सर्वाधिक ११.४६ प्रतिशतले घटेको छ भने शिखर पावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९.९२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्सको सबैभन्दा धेरै रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सो कम्पनीको २४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, पाल्पा सिमेन्टस्को २० करोड २२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये आज ३ उपसमूहको सूचक सकारात्मक भएको छ भने १० वटा उपसमूहको सूचक नकारात्मक भएको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update