RayNewsDaily
शेयर बजारमा दोहोरो अंकको गिरावट

रे समाचार/काठमाडौं । शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २६.१६ अंक घटेर २७७०.२६ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो चार अर्ब ७४ करोड ८८ लाखको शेयर किनबेच भएकोमा आज ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । 

आज करोबारमा आएका स्टकहरुमध्ये डिबेञ्चरहरुको मूल्य सर्वाधिक बढेको छ, जसमा हिमालयन बैंक लिमिटेड बन्डको मूल्यय सर्वाधिक बढेको छ । सो डिबेञ्चरको मूल्य ६ प्रतिशतले बढेर कारोबार भएको हो । यसैगरी, शाइन रेसुङ्गा डिबेञ्चरको मूल्य ३.४० प्रतिशतले वृद्धि भएको छ । यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक घटेको छ । सो बैंकको शेयर मूल्य १४.९९ प्रतिशतले घटेको छ । रिज लाइन इनर्जीको शेयर मूल्य भने सर्वाधिक १०.२७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज पाल्पा सिमेन्टको सबैभन्दा धेरै रुपैयाँको शेयर खरिदबिक्री भएको छ । सो कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, रिलायन्स स्पिनिङ्ग मिल्सको ३४ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये अन्य उपसमूहको परिसूचक मात्रै सामान्य अंकले सकारात्मक भएर बन्द भएको छ । बाँकी १२ उपसमूहको परिसूचक घटेको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update