RayNewsDaily
शेयर बजारमा आज पनि गिरावट

रे समाचार/काठमाडौं । शेयर बजारमा आज पनि गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १७.९१ अंक घटेर २८०७.३१ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ५ अर्ब ४३ करोड ४२ लाखरुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार रुपियाँको शेयर कारोबार भएको छ । 

आज २ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक । पाल्पा सिमेन्ट इन्डस्ट्रिजको शेयर १५ प्रतिशतले वृद्धि भएको हो । यसैगरी, शिखर पावर डेभलपमेन्ट र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर १४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । दोल्ती पावर कम्पनीको शेयरमूल्य भने आज सर्वाधिक ८.७१ प्रतिशतले घटेको छ । 
कारोबार रकमका आधारमा आज सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३७ करोड ७ लाख ३५ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम ३० करोड रुपैयाँ नाघेको छ भने नेशनल हाइड्रोपावरको करिब साढे २३ करोड रुपैयाँको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये आज एउटा उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  १५:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update