RayNewsDaily
लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ    

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २४ जनालाई पक्राउ गरेको छ ।     
     
 स्थानीय टोखा नगरपालिका-८ बानियाटारबाट ब्राउनसुगरसहित दुई, भक्तपुर नगरपालिका-१० भत्केकोपाटीबाट एक, कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुईबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट एक र सोही उपमहानगरपालिकाको त्रिनगर ब्यारेलबाट एक जनालाई पक्राउ गरिएको छ ।     
     
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलालीको गोदावरी नगरपालिका-१ बाट खैरो हेरोइनसहित एक, चितवनको रत्ननगर नगरपालिका-११ बटर टोलबाट एक, रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ हात्तीसुडबाट दुई, झापाको कनकाई नगरपालिका-३ सुरूङगाबाट पाँच र सोही नगरपालिकाको टप्पु चोकबाट दुई जनालाई पक्राउ गरिएको छ ।     
     
यसैगरी, मोरङको विराटनगर महानगरपालिका-११ बाट दुई, तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट दुई र दाङको राप्ती गाउँपालिका-१ बाट दुई जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई बिहीबार पक्राउ गरिएको हो । रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update