काठमाण्डू । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ १० पैसा र बिक्रीदर १४९ रुपियाँ ७० पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ५९ पैसा र बिक्रीदर १७६ रुपियाँ २९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपियाँ ९५ पैसा र बिक्रीदर २०२ रुपियाँ ७६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९० रुपियाँ ४८ पैसा र बिक्रीदर १९१ रुपियाँ २५ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपियाँ ४१ पैसा र बिक्रीदर १०६ रुपियाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ १५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ १७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६४ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ३८ पैसा र बिक्रीदर नौ रुपियाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ८६ पैसा र बिक्रीदर २१ रुपियाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ७४ पैसा र बिक्रीदर ३९ रुपियाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ९० पैसा र बिक्रीदर ४१ रुपैयाँ ०६ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६४ पैसा र बिक्रीदर चार रुपियाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ५९ पैसा र बिक्रीदर ४० रुपियाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ७० पैसा र बिक्रीदर ३७ रुपियाँ ८५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०९ पैसा र बिक्रीदर १० रुपियाँ १३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपियाँ १९ पैसा र बिक्रीदर १६ रुपियाँ २६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ५० पैसा र बिक्रीदर २३ रुपियाँ ५९ पैसा तोकिएको छ ।
यसैगरी हङकङ डलर एकको खरिददर १९ रुपियाँ ०३ पैसा र बिक्रीदर १९ रुपियाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४८६ रुपियाँ ७० पैसा र बिक्रीदर ४८८ रुपियाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ३९५ रुपियाँ २३ पैसा र बिक्रीदर ३९६ रुपियाँ ८२ पैसा, ओमनी रियाल एकको खरिददर ३८७ रुपियाँ २७ पैसा र बिक्रीदर ३८८ रुपियाँ ८३ पैसा तोकिएको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस
