मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको बकैया गाउँपालिका-१२ की ३० वर्षीया वास्ना माया योञ्जन, चन्द्रागिरि नगरपालिका-१४ नैकापका २३ वर्षीय आयुष केसी, दोलखाको भीमेश्वर नगरपालिका-४ का सुष्मा तामाङ र धादिङको थाक्रे गाउँपालिका-७ का ४२ वर्षीय हरिशम्शेर रायमाझीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट परिचालन भएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
अभियुक्तहरूले प्रलोभनमा पारेर नाबालिगलाई वेश्यावृत्तिमा लगाएको तथा केहीलाई हङकङमा आकर्षक तलबमा बेयराको काममा लगाइदिने प्रलोभनमा पारी कम्बोडिया पुर्याएको अनुसन्धानबाट खुलेको जनाइएको छ । रासस
प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२ १५:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
