RayNewsDaily
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डू । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ८४ पैसा र बिक्रीदर १४८ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ८ पैसा र बिक्रीदर १७३ रुपियाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २१९९ रुपियाँ ९ पैसा र बिक्रीदर १९९ रुपियाँ ९० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपियाँ ७० पैसा र बिक्रीदर १८८ रुपियाँ ४६ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपियाँ २९ पैसा र बिक्रीदर १०४ रुपियाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ६७ पैसा र बिक्रीदर १०७ रुपियाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपियाँ १० पैसा र बिक्रीदर ११६ रुपियाँ ५७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ ३४ पैसा र बिक्रीदर नौ रुपियाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ६५ पैसा र बिक्रीदर २१ रुपियाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ४० पैसा र बिक्रीदर ३९ रुपियाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ५५ पैसा र बिक्रीदर ४० रुपियाँ ७१  पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६३ पैसा र बिक्रीदर चार रुपियाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ २५ पैसा र बिक्रीदर ४० रुपियाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ १८ पैसा र बिक्रीदर ३७ रुपियाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर दश रुपियाँ २ पैसा र बिक्रीदर १० रुपियाँ ६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ३ पैसा र बिक्रीदर १० रुपियाँ १९ पैसा  र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ १६ पैसा र बिक्रीदर २३ रुपियाँ २६ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ८८ पैसा र बिक्रीदर १८ रुपियाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४८२ रुपियाँ ३५ पैसा र बिक्रीदर ४८४ रुपियाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर ३९१ रुपियाँ ७३ पैसा र बिक्रीदर ३९३ रुपियाँ ३२ पैसा, ओमनी रियाल एकको खरिददर ३८४ रुपियाँ र बिक्रीदर ३८५ रुपियाँ ५६ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस 

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update