रे समाचार/काठमाडौं । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । हिजो ८३ अंक बढेर बन्द भएको शेयर बजार मापक नेप्से आज भने सामान्य अंक घटेर बन्द भएको हो । आज नेप्से परिसूचक २.६१ अंक घटेर २७५७.४० विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो १० अर्ब ९२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज पनि ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, त्रिशूली जलविद्युत् कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य भने आज सर्वाधिक ७.०८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २४ करोड २२ लाख ६१ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ । रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ भने आँखु खोला जलविद्युत् कम्पनीको साढे २३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ वटा उपसमूहको परिसूचक घटेको छ ।
