RayNewsDaily
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार    

काठमाडौँ । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको सुधार देखिएको छ ।     
     
नेप्से परिसूचक १९ दशमलव ७० अङ्कले बढेर दुई हजार ८५१ दशमलव ०९ को विन्दुमा कायम भएको हो । ३३९ कम्पनीको दुई करोड ७९ लाख ४२ हजार ७७९ कित्ता शेयर एक लाख ३७ हजार ८५७ पटक खरिद-बिक्री हुँदा ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ ।     
     
आजको कारोबारमा म्युचुअल फन्ड शून्य दशमलव ०९ र अन्य समूह शून्य दशमलव ५५ अङ्कले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । बैङ्किङ शून्य दशमलव ७६, विकास बैङ्क शून्य दशमलव ९०, वित्त एक दशमलव १२, होटल तथा पर्यटन एक, जलविद्युत् शून्य दशमलव ७५ र लगानी समूह शून्य दशमलव ५६ प्रतिशतले बढेको छ ।     
     
त्यस्तै, जीवन बिमा शून्य दशमलव ५२, उत्पादन तथा प्रशोधन एक दशमलव ९४, लघुवित्त शून्य दशमलव ५१, निर्जीवन बिमा शून्य दशमलव ७६ र व्यापार समूह शून्य दशमलव ७४ प्रतिशतले बढेको छ ।     
     
आजको कारोबारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड, रिजलाइन इनर्जी लिमिटेड र होटल फरेस्ट इन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सप्तकोशी डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य आठ दशमलव ९६ प्रतिशतले घटेको छ ।     
     
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रिदी पावर कम्पनी लिमिटेडको ४८ करोड ४८ लाख ४६ हजार ४३३ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने आज सबैभन्दा धेरै कुमारी बैङ्क लिमिटेडको १५ लाख ६० हजार ६१ कित्ता शेयर खरिद-बिक्री भएको छ । रासस 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update