RayNewsDaily
सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना : डा. वाग्ले    

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले सरकारको अबको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना रहेको बताउनुभएको छ ।     
     
आज नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ कार्यक्रममा उपस्थित हुनुभएका उहाँले अब बन्ने सरकारको प्राथमिकता गुणस्तरीय पुनर्निर्माणसँगै सुशासन कायम गराउनु रहेको धारणा राख्नुभयो ।     
     
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रास्वपा १८२ सिटसहित संसद्मा पुगेको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेपालको ४३औँ प्रधानमन्त्रीका रूपमा नियुक्त हुँदै हुनुहुन्छ । रासस

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update