रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १४.२१ अंकले बढेर २९५०.१६ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने सामान्य घटेको छ । हिजो १५ अर्ब ९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आज १३ अर्ब १६ करोड २२ लाख ९९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज ५ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, नेशनल हाइड्रोपावर र रिडी पावर कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने शुभम् पावरको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ । पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ७.४८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ९४ करोड २९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, एसवाई प्यानल नेपालको करिब ७२ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम ४६ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक बढेको छ भने ३ वटा उपसमूहको परिसूचक घटेको छ ।
