RayNewsDaily
लागूऔषधसहित विभिन्न स्थानबाट बाह्र जना पक्राउ    

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ ।     
     
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार विराटनगर महानगरपालिका-१५ बाट लागूऔषध खैरो हेरोइनसहित भारतीय नागरिक मसुल अनसारीलाई पक्राउ गरिएको हो ।     
     
सुनसरीको इनरूवा नगरपालिका-४ बसचोकबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट सिरहाको गोलबजार नगरपालिका-४ निपाने टोलबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।     
     
नवलपरासी पश्चिमको सुनवल नगरपालिका-१२ बाट दुई, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट दुई, बाँकेका दुई, रूकुम पूर्वको, भूमे गाउँपालिका-२ बाट दुई जनालाई पक्राउ गरिएको हो । रासस

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update