RayNewsDaily
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ    

काठमाडौँ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजाजस्तो देखिने तीन किलो १६० ग्राम वस्तुसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।     
     
बैङ्ककबाट नेपाल एअरलायन्सको विमानमा आएका उनीहरुलाई गएराति पक्राउ गरिएको हो ।     
     
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट ब्राउनसुगरसहित एक जना, कञ्चनपुरको बेलौरी नगरपालिका-६ बाट एक जना, सोही नगरपालिकाको सडकघाट पीपलचौताराबाट तीन जना, वडा नं ८ बाट दुई जना, भीमदत्तनगरपालिका-११ बाट एक जनालाई लागूऔषधसहित पक्राउ गरिएको हो ।     
     
यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका-७ बाट ब्राउनसुगरसहित दुई जना, धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीबाट दुई जना, सोही उपमहानगरपालिकाको त्रिनगरबाट तीन जना, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-६ रमवापुरबाट दुई जना र पोखरा महानगरपालिका-२ बागलुङ बसपार्कबाट एक जनालाई पक्राउ गरिएको उक्त समाचार कक्षले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update