RayNewsDaily
अध्यक्ष नेपाल न्यूजील्याण्ड जानुहुने   
माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज न्यूजील्याण्ड जानुहुने भएको छ । न्यूजील्याण्डको अकल्याण्ड सहरमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा आयोजना गरिने सभालाई उहाँले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नुहुने छ ।    
    
तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । अध्यक्ष नेपालले न्यूजील्याण्ड सरकारका प्रतिनिधि, विभिन्न नेता, त्यहाँस्थित प्रवासी नेपाली र पार्टी निकट प्रवासी मञ्चका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्नुहुने पार्टीका पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो ।    
    
 करिब एक साताको भ्रमणका क्रमाम अध्यक्ष नेपालले अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिने गैरआवासीय नेपाली सङ्घको कार्यक्रममा समेत सहभागी गर्ने कार्यक्रम छ । 

 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update