RayNewsDaily
पारिजात सम्मान २०८२ बाट सम्मानित हुनेहरूको नाम घोषणा   

  काठमाण्डू ।  पारिजात स्मृति केन्द्रले पारिजात सम्मान २०८२ बाट सम्मानित हुने प्रतिभाको नाम घोषणा गरेको     
    
 साहित्यकार पारिजातको ९२औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौँमा आयोजना गरिएकोपारिजात जन्मजयन्तीकार्यक्रममा सम्मानित हुनेहरूको नाम घोषणा गरिएको केन्द्रका महासचिव दिलसुन्दर श्रेठले जानकारी दिनुभयो आगामी वैशाख गते पारिजातको स्मृति दिवसमा सम्मान प्रदान गरिने उहाँले बताउनुभयो     
       
 सम्मानित हुनेमापारिजात बालसाहित्य सम्मान २०८२बाट बालसाहित्यकार रामबाबु सुवेदी, ‘पारिजात कला सम्मान २०८२बाट गीतकार तथा सङ्गीतकार शरद पौडेल, ‘पारिजात सृजन सम्मान २०८२बाट नवीन विभास तथापारिजात सङ्घर्षशील महिला सम्मान २०८२बाट देवी खड्का रहनुभएको     
    
 विसं १९९० फागुन ३० गते पारिजातको जन्म भएको दिनलाई प्रत्येक वर्ष केन्द्रलेपारिजात जन्मजयन्तीका रूपमा मनाउँदै आएको यसैगरी, केन्द्रले पारिजात परिसंवाद कार्यक्रम गर्दै आएको यस वर्षप्राडा वासुदेव त्रिपाठीसँग डा महेश मास्के पारिजात परिसंवादकार्यक्रम सञ्चालन गरेको थियो     
    
 कार्यक्रममा विभिन्न साहित्यकार, विद्यार्थी, सर्जकलगायत उपस्थित हुनुहुन्थ्यो  रासस   

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  २२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update