RayNewsDaily
शेयर बजार घट्यो, कारोबार बढ्यो 

रे समाचार/काठमाडौं । हिजो सर्किट लेभलमा बढेको शेयर बजार आज उच्च अंकले घटेको छ । शेयर बजार घटे पनि आज साढे ७ महिनायताकै अधिक कारोबार भएको छ । आज २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको हो । यसअघि साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएको थियो । आजको कारोबार रकम त्यसयताकै उच्च हो । २०८१ भदौको अन्तिम दिन बजारमा २९ अर्ब ९५ करोडको कारोबार भएको रेकर्ड छ ।

कारोबार रकममा उच्च वृद्धि देखिए पनि बजारको परिसूचक नेप्से ३२.०८ अंकले घटेको छ । सो गिरावटसँगै नेप्से परिसूचक २८४३ अंकमा कायम भएको छ । हिजो ६ प्रतिशत बढेर कारोबार स्थगित भएको थियो । आज ७८ कम्पनीको मूल्य बढ्दा १७८ को घट्यो भने ५ को स्थिर रह्यो । आज दुई वटा कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

१० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंक रहेका छन् । हिमस्टार ऊर्जाको मूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशतले घटेको छ  । आज धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर र शिवम् सिमेन्ट रहेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update